आठ हजार ८१६ कैदी बन्दी अझै फरार

images
  • 226
    SHARES
  • आश्विन ३, २०८२ शुक्रबार
    आठ हजार ८१६ कैदी बन्दी अझै फरार
    images

    गत भदौ २३ र २४ गते भएको जेन जेडको प्रदर्शनका कारण नेपालका २७ कारागारबाट कैदी बन्दी भागेका छन् । यस्तै नौवटा बालसुधारगृहबाट पनि कैदी बन्दी भागेका पाइएको छ । 

    कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार ती कारागारबाट कुल २९ हजार २१२ मध्ये १३ हजार ५९१ कैदी बन्दी भागेका थिए । 

     

    यस्तै एक हजार ४२२ मध्ये ९६४ जना बालसुधारगृहबाट भागेका थिए । झुम्का, सोलुखुम्बु, सप्तरी, महोत्तरी, रौतहट, सिन्धुली, नक्खु, जगन्नाथदेवल, डिल्लीबजार, रसुवा, चितवन, तनहुँ, कास्की, पर्वत, कपिलवस्तु, तुलसीपुर, नौबस्ता, रुकुमपूर्व, जुम्ला, बझाङ, कैलाली, दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनुपुरबाट कैदी बन्दी भागेका उनले बताए । 

    यस्तै मोरङ, पर्सा, भक्तपुर, मकवानपुर, कास्की, रुपन्देही, जयन्डु, नौबस्ता र डोटी बालसुधारगृहबाट पनि कैदी बन्दी भागेका थिए ।

    निर्देशक न्यौपानेका अनुसार अहिलेसम्म कारागारबाट भागेकामध्ये पाँच हजार ४९५ र बालसुधारगृहबाट भागेकामध्ये २४४ कैदी बन्दी फिर्ता आएका छन् । अझै आठ हजार ८१६ कैदी बन्दी फरार रहेका र खोजी कार्य जारी रहेको विभागले जनाएको छ । नेपाल प्रहरीको हिरासतमा रहेका कैदी बन्दी फरार रहेका र उनीहरूको पनि खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend