आउँदो डिसेम्बरमा हुने साफ महिला क्लब च्याम्पियनशिपमा एपीएफसहित ५ टोली

images
  • 324
    SHARES
  • आश्विन ३, २०८२ शुक्रबार
    आउँदो डिसेम्बरमा हुने साफ महिला क्लब च्याम्पियनशिपमा एपीएफसहित ५ टोली
    images

     साफ महिला क्लब च्याम्पियनशिप फुटबलको पहिलो संस्करण आउँदो डिसेम्बरमा हुने भएको छ । प्रतियोगिता डिसेम्बर ५ देखि २० सम्म नेपालमा आयोजना हुने दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) ले जनाएको छ ।

    साफ महिला क्लब च्याम्पियनशिपमा नेपालसहित, भारत, भूटान, बङ्गलादेश र पाकिस्तानका क्लब सहभागी हुनेछन् । प्रतियोगितामा नेपालको एपीएफ, भारतको इस्ट बङ्गाल, भूटानको ट्रान्सपोर्ट युनाइटेड, बङ्गलादेशको नसरिन स्पोर्ट्स एकेडेमी र पाकिस्तानको कराची सिटी क्लब सहभागी हुनेछन् ।

    दक्षिण एशियाभरिबाट ५ उत्कृष्ट टोलीले प्रतिस्पर्धा गर्ने यो प्रतियोगितालाई महासङ्घले ऐतिहासिक भनेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend