काठमाडौंमा टिपरको ठक्करबाट एक युवकको मृत्यु

images
  • 79
    SHARES
  • आषाढ ६, २०७९ सोमबार
    काठमाडौंमा टिपरको ठक्करबाट एक युवकको मृत्यु
    images

    काठमाडौं 

    काठमाडौं महानगरपालिका ३ चप्पल कारखाना नजिकै गएराति टिपरको ठक्करबाट एक युवकको मृत्यु भएको छ । अन्दाजी ३० वर्षीय युवकको अझै सनाखत नभएको प्रहरीले जनाएको छ। 

    durghatana-tippar_20210328123557.jpg

     

    महाराजगंज चोकबाट धुम्बाराही तर्फ जादै गरेको बा २ क ८८७१ नम्बरको टिपरले गएराति करिब ११ बजे पैदल हिँडिरहेका युवकलाई ठक्कर दिएको थियो । टिपरको ठक्करबाट गम्भीर घाइते भएका युवकलाई प्रहरीले उपचारको लागि महाराजगंजस्थित त्रिवि शिक्षण अस्पताल पुर्याएको थियो।

    अस्पताल पुर्याउनसाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।  दुर्घटनापछि टिपर चालकलाई प्रहरी वृत्त महाराजगंजले नियन्त्रणमा लिएको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend