प्रधानमन्त्री परिवर्तनले मात्रै जनताको जीवनस्तर सुधार हुँदैन : ज्ञानेन्द्र शाही

images
  • 184
    SHARES
  • आश्विन ५, २०८२ आइतबार
    प्रधानमन्त्री परिवर्तनले मात्रै जनताको जीवनस्तर सुधार हुँदैन : ज्ञानेन्द्र शाही
    images

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानेन्द्र शाहीले देशमा प्रधानमन्त्री मात्र परिवर्तन गरेर जनताको जीवनस्तर सुधार नहुने बताएका छन् । 

    उनले सामाजिक सञ्जालमार्फत केही महत्त्वपूर्ण बुँदाहरू अगाडि सार्दै देशको समृद्धि र सुशासनका लागि शासन व्यवस्थामा नै व्यापक फेरबदल र संविधानका केही धाराहरू परिवर्तन गर्नुपर्नेमा जोड दिए ।

     

    शाहीले अगाडि सारेका मुख्य बुँदाहरू

    प्रदेश खारेजी 

    संवैधानिक निकायमा राजनीतिक नियुक्ति बन्द 

    भ्रष्टाचारीलाई कडा कारबाही 

    राष्ट्रिय एकता कायम 

    यी बुँदाहरू लागू नभएसम्म देशमा केवल कुर्सीको परिवर्तन मात्र हुने र त्यसले जनताको जीवनस्तरमा कुनै सुधार नआउने शाहीको तर्क छ । उनले युवाहरूलाई यी एजेन्डालाई आत्मसात् गरी अगाडि बढ्न आग्रह गरेका छन् ।  

    शाहीका अनुसार यी बुँदाहरूमा सुधार नभएसम्म देशमा सुशासन र समृद्धिको सपना अधुरै रहनेछ। उनले युवा पुस्तालाई यी एजेन्डाहरूमा एकजुट हुन आह्वान पनि गरेका छन् । 

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend