जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका कैदीले गरे आफ्नै श्रीमतीको हत्या

images
  • 267
    SHARES
  • आश्विन ५, २०८२ आइतबार
    जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका कैदीले गरे आफ्नै श्रीमतीको हत्या
    images

    नख्खु कारागारबाट जेनजी आन्दोलनका बेला भागेका एकजना कैदीले घरमा फर्केर आफ्नै श्रीमतीको हत्या गरेका छन्। कारागारबाट फरार भएका सन्तबहादुर तामाङले श्रीमतीको हत्या गरेर घरको करेसामा गाडेको पाइएको डीएसपी मिन घलेले बताए। उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।  जिल्लाको पनौती नगरपालिका-१२ कलाँतीस्थित घरको पछाडि करेसामा गाडिएको अवस्थामा श्रीमती जमुनाको शव फेला परेको छ। ३२ वर्षीया जमुना तीन दिनदेखि सम्पर्कमा नआएपछि खोजी गर्दा गाडिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend