आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले जेनजीहरुले बलिदानीका कारण परिवर्तन आएको बताइन् । भ्रष्टाचारविरुद्ध आन्दोलनमा उत्रेका युवाहरूले गोली खानुपरेको बताउँदै जेन—जी पुस्ताले व्यक्तिगत स्वार्थका लागि नभई देश र समाजमा सुशासन स्थापित होस् भन्ने उद्देश्यले आन्दोलन गरेको पनि बताइन् ।‘के भनेका थिए त ती जेनजीले, के मागेका थिए त, खाली भ्रष्टाचार र एउटा सुशासनको कुरा न गरेका थिए, उनीहरूले । त्यही पनि उनीहरूको लागि भनेकै थिएनन्, त्यो बेला । अहिले देख्नुहुन्छ तपाईंहरू उनीहरूले आन्दोलन गरे तर पदमा जाने त हामी पो भएछौं । उनीहरूले त खाली मागेका थिए, सुशासन,’ उनले भनिन् ।
आन्दोलनमा सहभागी युवाहरुले जागिर पाउन आफ्नो ‘मान्छे खोज्न नपरोस्’, योग्यताको कदर होस् र विदेशिनुपर्ने बाध्यता अन्त्य होस् भन्ने माग राखेको उनको भनाइ छ । उनले जेनजीहरूले आन्दोलन गरेपनि पदमा भने आफूहरू पुगेको बताए ।



