कसैले लौ बधाई भन्दै फोन नगर्नूः महावीर पुन

images
  • 195
    SHARES
  • आश्विन ६, २०८२ सोमबार
    कसैले लौ बधाई भन्दै फोन नगर्नूः महावीर पुन
    images

    राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले आफूलाई बधाई मात्रै दिनका लागि फोन नगर्न आग्रह गरेका छन् । पुनले आफूलाई मन्त्री नभन्न आग्रह गर्दै भन्ने मन भए कवाडी वैज्ञानिक मन्त्री भन्ने आग्रह पनि गरेका छन् ।

    सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त हुन लागेका पुनले बधाई दिँदा खादा माला लिएर नआउन पनि आग्रह गरेका छन् ।उनले भनेका छन्, ‘मेरो पहिलो घोषणा कसैले पनि लौ बधाई छ भनेर फोन नगर्नुहोला र बधाई दिन खादा माला लिएर नआउनुहोला । बरु शिक्षा विज्ञान र प्रविधिको क्षेत्रमा ५ महिना भित्र गर्न सकिने र गर्नै पर्ने ठोस काम र आइडिया छ भने मेरो ह्वाट्सएपमा पठाउनुहोला । मलाई कसैले पनि मन्त्री नभन्नु होला कसैलाई मन्त्री नै भन्न साह्रै रहर छ भने कवाडी वैज्ञानिक मन्त्री भन्नुहोला ।’
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend