सुनको भाउमा फेरि नयाँ कीर्तिमान : तोलाकाे २ लाख १७ हजार ८ सय रुपैयाँ पुग्याे

images
  • 167
    SHARES
  • आश्विन ६, २०८२ सोमबार
    सुनको भाउमा फेरि नयाँ कीर्तिमान  : तोलाकाे २ लाख १७ हजार ८ सय रुपैयाँ पुग्याे
    images

     सुनको भाउले फेरि कीर्तिमान बनाएको छ । सुनको भाउ आज तोलामा सात सय रुपैयाँले बढेर दुई लाख १७ हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    यसअघि भदौ ३१ गते सुनको भाउ दुई लाख १७ हजार एक सय रुपैयाँ पुगेको थियो । त्यसपछि भने सुनको भाउ घट्दै आएकोमा आज बढेको हो ।

    यस्तै चाँदीको भाउ पनि बढेको छ । आज चाँदीको भाउ ३० रुपैयाँले बढेर तोलाको दुई हजार छ सय ५० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend