सरकारले सामाजिक सुरक्षा परिचयपत्र नवीकरणका लागि समयावधिसम्म बढाएको छ ।
सामाजिक सुरक्षा (तेस्रो संशोधन) नियमावली, २०८२ मार्फत् सरकारले यस्तो व्यवस्था ल्याएको हो । संशोधित नियमावली राजपत्रमा प्रकाशित भइसकेको छ ।
“सामाजिक सुरक्षा नियमावली, २०७६ को नियम ९ को उपनियम (१)मा रहेका भदौ मसान्तभित्र भन्ने शब्दहरूको सट्टा असोज मसान्तभित्र भन्ने शब्दहरू राखिएका छन्”, राजपत्रमा प्रकाशित सूचनामा भनिएको छ ।



