पर्साबाट सशस्त्र प्रहरीले १९ किलो लागूऔषध चरेस बरामद गरेको छ ।
पोखरिया नगरपालिका–७ जगतपुर गाउँस्थित बाख्रा राख्ने छाप्रोमा कालोझोला भित्र लुकाइ राखेको अवस्थामा प्रहरीले चरेस बरामद गरेको हो ।विओपी प्रसौनी भठ्ठाबाट सहायक प्रहरी निरीक्षक चेतन बाह्रकोटीको नेतृत्वमा गएको टोलीले बरामद गरेको चरेसको १९ किलो १२६ ग्राम रहेको सशस्त्र प्रहरीले जनाएको छ ।बरामद चरेस इलाका प्रहरी कार्यालय पोखरियामा बुझाउने तयारी गरिरहेको जनाएको छ ।



