बेनीघाट नजिकै खसेको पहिरो पन्छाउन समस्या, दशैँमा घर हिँडेका यात्रु अलपत्र

images
  • 220
    SHARES
  • आश्विन ७, २०८२ मंगलबार
    बेनीघाट नजिकै खसेको पहिरो पन्छाउन समस्या, दशैँमा घर हिँडेका यात्रु अलपत्र
    images

     पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट नजिकै जवाङ खोलामा गएराति खसेको पहिरो अझै पन्छाउन सकिएको छैन । पहिरो पन्छाएर एकतर्फी सडक खुलेलगत्तै फेरि ठूलो पहिरो झरेपछि रातिदेखि नै सडक अवरुद्ध भएको धादिङ प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार पहिरो पन्छाउने काम भैरहेपनि सुक्खा पहिरो झर्ने क्रम निरन्तर रहेकाले समस्या भएको छ । रातिदेखि सडक अवरुद्ध हुँदा दशैँमा घर गएका र काम विशेषले गन्तव्यमा हिँडेका यात्रु बीचबाटोमै अलपत्र परेका छन् ।

    यसअघि गएको शुक्रवार मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोला नजिकै खसेको पहिरो दुई दिनसम्म पन्छाउन नसक्दा यात्रुले सास्ती भोगेका थिए । मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत तुइनखोलाको पहिरो हटाएर दुईतर्फी सडक सञ्चालन भएलगत्तै फेरि मुग्लिन–काठमाण्डौ सडकखण्ड अन्तर्गत बेनीघाट नजिकै सडक अवरुद्ध भएको हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend