नेपाल मगर सांस्कृतिक संघ चितवनको चौंथो अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः प्रेमकुमारी आले चयन

images
  • 155
    SHARES
  • आश्विन ७, २०८२ मंगलबार
    नेपाल मगर सांस्कृतिक संघ चितवनको चौंथो अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः प्रेमकुमारी आले चयन
    images
    नेपाल मगर सांस्कृतिक संघ, चितवनले संस्थाको चौंथो जिल्ला अधिवेशन नेपाल मगर संघको भवन पोखरा बसपार्कमा सम्पन्न गरेको छ। आगामी तीन वर्षे कार्यकालको लागि नयाँ कार्यसमिति निर्वाचित भएको हो। सोमबार सम्पन्न चौंथो अधिवेशनबाट अध्यक्षमा पुनः प्रेमकुमारी आलेमगरलाई सर्वसम्मत चयन गरेको छ।
    उपाध्यक्षमा निश्चल थापामगर, सचिवमा प्रकाश थापामगर, कोषाध्यक्षमा लीला थापामगर र सह–सचिवमा बिनोद थापामगर चयन भएका छन्। कार्यसमिति सदस्यहरूमा भने ललिता थापामगर, कमला थापामगरलगायत चयन भएका छन्। २१ सदस्यीय कार्यसमिति बनाउने नवनिर्वाचित अध्यक्ष प्रेमकुमारी आलेमगरले जानकारी दिइन्।
    मगर समुदायमा प्रचलित लोक संस्कृति संरक्षणको लागि नेपाल मगर सांस्कृतिक संघको स्थापना भएको हो। यो संस्थाले मगर समुदायमा प्रचलित कौराहा, सालैजो, झ्याउरेलगायतका सांस्कृतिक पहिचानलाई जीवित राख्ने प्रयास गर्दै आइरहेको छ। कार्यक्रममा प्रमुख अतिथि नेपाल मगर सांस्कृतिक संघ बागमती प्रदेश अध्यक्ष बलबिक्रम थापामगर, नेपाल मगर संघ, बागमती प्रदेशका अध्यक्ष मिलन थापामगर, नेपाल मग्न संघ जिल्ला अध्यक्ष लालबहादुर रानामगर,नेपाल आदिवासी जनजाती महासंघ चितवनका सचीव इश्वर रानामगर,नेपाल मग्न संघ जिल्ला सचीव विष्णु थापामगर लगायतको उपस्थिति थियो।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend