नारायणगढ–मुग्लिन सडकखण्डस्थित तुइन खोलामा खसेको पहिरोको रिपोटिङका लागि गएका चितवनका दुई पत्रकार घाइते भएका छन । प्रेस युनियन चितवनका अध्यक्ष तथा नेपाल टेलिभिजन र अन्नपूर्णपोष्ट दैनिकमा कार्यरत पत्रकार अनिल ढकाल र पत्रकार महासंघ चितवनका कार्यसमिति सदस्य तथा जि न्युज अनलाइनमा कार्यरत पत्रकार सुदन पौडेल नारायणगढ–मुग्लिङ सडक खण्डको रिपोर्टिङका क्रममा सवारी दुर्घटनामा परि घाइते भएका हुन । मंगलबार साँझ नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला पुल नजिकै ठुलो पहिरो खस्दा सडक अवरुद्ध भएको अवस्थाको रिपोर्टिङका लागि जाँदै गर्दा उनिहरु भरतपुर महानगरपालिका– २९ को भतेरीमा दुर्घटनामा परेका थिए । पत्रकार ढकालले चलाएको बा.प्र.०६–००१ प ७४०५ नम्वरको मोटरसाइकल नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको म.प्र.०३–००१ ख ७५३७ नम्वरको ट्रकसंग ठक्कर खाएको थियो ।



