सुनको मूल्यमा नयाँ रेकर्ड, आज कतिमा हुँदैछ कारोबार ?

images
  • 132
    SHARES
  • आश्विन ८, २०८२ बुधबार
    सुनको मूल्यमा नयाँ रेकर्ड, आज कतिमा हुँदैछ कारोबार ?
    images

     नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । दिनदिनै सुनको मूल्यले नयाँ रेकर्ड बनाउने क्रममा बुधबार छापावाल सुन तोलामा २ लाख २३ हजार रुपैयाँ पुगेको हो । 

    यसअघि मंगलबार सुनको रेकर्ड मूल्य २ लाख २१ हजार ७०० रुपैयाँ थियो । यस्तै बुधबार छापावाल सुन १० ग्रामको १ लाख ९१ हजार १८५ रुपैयाँ कायम भएको छ । यसैबिच बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा २ हजार ६८० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर २ हजार ७०० रुपैयाँ पुगेको हो । चाँदीको मूल्य मूल्य हालसम्मकै उच्च हो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend