राष्ट्रपतिबाट मतदाता नामावली सम्बन्धी अध्यादेश जारी

images
  • 263
    SHARES
  • आश्विन ८, २०८२ बुधबार
    राष्ट्रपतिबाट मतदाता नामावली सम्बन्धी अध्यादेश जारी
    images

    राष्ट्रपति पौडेलले संविधानको धारा ११४को उपधारा १ बमोजिम मन्त्रिपरिषद्‌को सिफारिसमा मतदाता नामावली ऐन,  २०७३ लाई संशोधन गर्न बनेको अध्‍यादेश जारी गरेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मतदाता नामावली ऐन संशोधन सम्बन्धी अध्यादेश जारी गरेका छन् ।  राष्ट्रपति पौडेलले संविधानको धारा ११४को उपधारा १ बमोजिम मन्त्रिपरिषद्‌को सिफारिसमा मतदाता नामावली ऐन,  २०७३ लाई संशोधन गर्न बनेको अध्‍यादेश जारी गरेका हुन् ।

    मतदाता नामावली ऐन २०७३ को दफा ४ को उपदफा २ को २ मा भएको व्यवस्था संशोधनका लागि अध्यादेश ल्याइएको हो ।

    उक्त दफामा ‘निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गरिने छैन ।’ भन्ने व्यवस्था उल्लेख थियो । उक्त व्यवस्थाका कारण रोकिने मतदाता नामावली खुलाउनका लागि अध्यादेश ल्याइएको आयोग स्रोतले बतायो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend