तुइनखोला पहिरो हटाउन चाहिनेभन्दा धेरै मेसिन प्रयोग गरिएको छ: भौतिकमन्त्री

images
  • 244
    SHARES
  • आश्विन ९, २०८२ बिहीबार
    तुइनखोला पहिरो हटाउन चाहिनेभन्दा धेरै मेसिन प्रयोग गरिएको छ: भौतिकमन्त्री
    images

    मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला पहिरो हटाउन चाहिनेभन्दा बढी मेसिन प्रयोग गरिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले बताएका छन् ।मेसिन अपुग भएर पहिरो पन्छाउन समय लागेको भन्दै आलोचना भएसँगै मन्त्री घिसिङले त्यसको खण्डन गरेका हुन् । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उक्त सडक खण्डमा सुक्खा पहिरो झरिरहने समस्याले पहिरो हटाउन समय लागेको उनले बताए ।

    साथै, वर्षातका बेला रातमा काम गर्न नसक्दा समेत समय लागेको उनको भनाइ छ । पानी नपरे आज राति पनि काम गरिने र रातिसम्म पहिरो हटिसक्ने विश्वास लिइएको उनले बताए ।

    मुग्लिन–नारायणगढ सडक खण्डमा अन्तर्गत तुइन खोलामा मङ्गलबार दिउँसो ४ः३० बजे पहिरो खसेपछि विगत दुई दिनदेखि सडक बन्द छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend