इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार महिला युएईबाट पक्राउ

images
  • 230
    SHARES
  • आश्विन ९, २०८२ बिहीबार
    इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार महिला युएईबाट पक्राउ
    images

    ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएकी फरार प्रतिवादी सिन्धुली कमलामाई नगरपालिका-१४ घर भई धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१६ बस्ने ऐश्वर्या दाहाल पक्राउ परेकी छन्।

    युएईमा पक्राउ परेकी उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ बिहीबार नेपाल फिर्ता ल्याइएको छ। 

    उक्त मुद्दामा संलग्न रही फरार रहेकी उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ चैत २१ गते उनी विरुद्ध रेड नोटिस जारी भएको थियो।

    उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ। 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend