देशका धेरै ठाउँको मौसम सफा

images
  • 175
    SHARES
  • आश्विन १०, २०८२ शुक्रबार
    देशका धेरै ठाउँको मौसम सफा
    images

    देशका धेरैजसो ठाउँको मौसम विहानपख सफा छ । अहिले देशभर मनसुनी वायुको प्रभाव कमजोर भएको र स्थानीय वायुको आंशिक प्रभाव परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा बदली भई कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ । बाँकी भागका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    त्यसैगरी, आज राति कोशी प्रदेशलगायत देशको पहाडी भागका एक/दुई ठाउँमा मध्यम वर्षाको सम्भावना छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend