लाङ्गघाली विकास युवा समाज देवघाट जरमले विविध कार्यक्रम गर्दै देवघाट देवघाट गाउँपलिका वडा न.२ जरम लाङ्घाली विकास युवा समाजको आयोजनामा विजयादशमी तथा शुभ-दिपावलीको अवसरमा बृहत साँस्कृतिक कार्यक्रम तथा गाउँ स्तरीय मैत्रीपूर्ण भलिबल प्रतियोगिता एवं मौलिक झाम्रे, झ्याउरे नाच प्रतियोगिता समेत हुने भएको छ। "भलिबल खेलौँ,स्वास्थ्य र मित्रता बढाऔँ" भन्ने मुल नाराका साथ नेपालीहरुको महान पर्व विजयादशमी २०८२ को पावन अवसरमा एवम् क्लबका सक्रिय सदस्य स्व. विकास सिन्जालीको प्रथम स्मृतिमा कार्यक्रम गर्न लागेको हो। आयोजकका अनुसार साँस्कृतिक कार्यक्रम : २०८२/०६/१६ गते लाङ्घाली विकास क्लब भलिबल मैदान दिउँसो २:०० बजे सुरु हुने जनाएको छ। सो भलिबल प्रतियोगितामा तिम दर्ता शुल्क ३,९९९ राखिएको छ भने प्रथम,द्वितिय र तृतीय हुने टिमले क्रमशः५१,१११( मेडल र प्रमाण पत्र),रु२२,२२२( मेडल र प्रमाण पत्र) र रु११,१११( मेडल र प्रमाण पत्र) प्राप्त गर्ने छ। साथै भलिबल प्रतियोगिताको प्रथम पुरस्कार सौजन्य क्रोसियाबाट प्रकाश सिञ्जाली र स्पेनबाट रेशम किचिमले गर्नुभएको छ।तेस्तै द्वितिय पुरस्कार सौजन्य पोर्चुगलबाट थम सारुमगरले गर्नुभएको छ भने तृतीय पुरस्कार सौजन्य क्रोसियाबाट खेमराज लामिछानेमगरले गर्नुभएको छ। उक्त कार्यक्रममा मौलिक झाम्रे, झ्याउरे नाच प्रतियोगिता समेत हुने भएको छ।भने प्रथम,द्वितिय र तृतीय हुने टिमले क्रमशःरु:१०,०००,७,००० र ५,००० हजार प्राप्त गर्ने छ। साथै मौलिक झाम्रे, झ्याउरे नाच प्रतियोगिताको सौजन्य लाङ्गघाली विकास समाज अस्ट्रेलियाबाट दिपक सिञ्जालीको नेतृत्वमा गरिएको छ।



