सहकारी दर्ताका लागि सफ्टवेयर निर्माण

images
  • 279
    SHARES
  • आश्विन ११, २०८२ शनिबार
    सहकारी दर्ताका लागि सफ्टवेयर निर्माण
    images

    राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सहकारी दर्ताका लागि छुट्टै सफ्टवेयर निर्माण गरेको छ । सफ्टवेयरमार्फत् यहि असोज महिनाभित्रै सहकारी दर्ता प्रक्रियाको थालनी गर्ने प्राधिकरणले जनाएको छ ।

    सहकारी दर्ताका लागि छुट्टै दर्ता अभिलेखीकरण सफ्टवेयर निर्माण गरीएको र यसको सम्पूर्ण काम पूरा भएको प्राधिकरणका कार्यकारी निर्देशक डा. शेषनारायण पौडेलले बताउनुभयो । उहाँका अनुसार वचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता, नियमन, सुपरीवेक्षण, अनुगमन तथा प्रतिवेदन प्रणालीलगायतका विषयमा राष्ट्रिय मापदण्ड बनाइ कार्यान्वयन गर्ने/गराउने काम प्राधिकरणले गर्नेछ ।

    निर्देशक पौडेलले वचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालन सम्बन्धमा नियामकीय मापदण्ड जारी गर्ने पनि बताउनुभयो । सहकारी ऐन, २०७४ लाई स्पष्ट पार्नुपर्ने कतिपय विषयहरूको सन्दर्भमा मन्त्रालयले सहकारी नियमावली, २०७५ संशोधन तयारी गरिरहेको र प्राधिकरणको तर्फबाट पनि आवश्यक गृहकार्य भइरहेको उहाँले बताउनुभएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend