जंगीअड्डाको निष्कर्ष- अवस्था सामान्य बन्दै गयो, चुनौती अझै उच्च

images
  • 177
    SHARES
  • आश्विन ११, २०८२ शनिबार
    जंगीअड्डाको निष्कर्ष- अवस्था सामान्य बन्दै गयो, चुनौती अझै उच्च
    images

    जेनजी घटनामा मानवीय क्षति र भौतिक क्षतिको कुरा उठ्यो । कति मानवीय क्षति भएर भौतिक संरचनाको क्षति जोगाउने ?’ सैनिक स्रोत भन्यो, ‘सेनाले उच्च कौशल प्रदर्शन गरेर स्थिति नियन्त्रणमा लिएको भन्ने समीक्षा पनि बैठकमा भयो ।’

    सैनिक मुख्यालय जंगी अड्डा, भद्रकालीमा बिहीबार र शुक्रबार दुई दिन पृतनापति समन्वयात्मक बैठक–२०८२ सम्पन्न भयो ।

    नेपाली सेनाका विभिन्न विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुखहरूको भौतिक उपस्थिति र पृतनापतिहरूको भर्चुअल सहभागीतामा सम्मेलन सम्पन्न भयो ।

    सम्मेलनमा पूर्वीपृतनाका प्रमुख गौरवकुमार केसी, मध्य पृतनाका हरेन्द्र पाठक, उपत्यका पृतनाका रवीन्द्र कार्की पश्चिम पृतनाका मधुकर सिंह कार्की, मध्य पीश्चम पृतनाका प्रेम पुन, उत्तर पश्चिम पृतनाका दिपेशजंग शाह र सुदूरपश्चिम पृतनाका किरण केसी सहभागी भर्चुअल रुपमा जोडिएका थिए ।

    नेपाली सेनाको वार्षिक कार्यतालिका अनुसार वर्षमा दुई पटक हुने पृतनापति समन्वयात्मक बैठक अनुसार यो एउटा बैठक थियो । सेनाको नियमित कार्यतालिका अनुसार यो समन्वयात्मक बैठक सम्मपन्न भए पनि अहिलेको वर्तमान राजनीतिक परिस्थितिका कारण यसलाई निकै महत्त्वपूर्ण रुपमा हेरिएको छ ।

    २३ र २४ भदौमा देशभर भएको जेनजी प्रदर्शनपछि नेपालको सुरक्षा चुनौती बढेको छ । ७४ जनाको ज्यान गएर सरकारको सत्तामै उलटफेर ल्याएपछि पृतनापति बैठकमा पनि यिनै विषयमा गम्भीर छलफल र सुरक्षा चुनौतीबारे विश्लेषण भएको छ ।

    सैनिक प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले अनलाइनखबरसँग भने, ‘समसामयिक विषयमा छलफलहरू भए, आफ्नो क्षेत्रका बारेमा पृतनापतिहरूले बिफ्रिङ गरे । सम्पादन गर्नुपर्ने कामको बारेमा समीक्षा र सुझाव भयो ।’

    जेनजीको २३ भदौको प्रदर्शनमा सुरक्षाकर्मीको गोली लागेर काठमाडौं र सुनसरीमा गरी २१ जनाको ज्यान गएको थियो । यसै दिन गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका थिए । २३ भदौको राति प्रधानमन्त्री निवास बालुटावाटारमा चारै वटा सुरक्षा निकायका प्रमुख र प्रधानमन्त्री केपी शर्मा ओलीबीच छलफल भयो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend