जेनजी आन्दोलनपछि विकसित घटनाक्रमका कारण करिब दुई साता चुपचाप बसेका एमालेका नेताहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग बिहीबार लामो राजनीतिक समीक्षा गरेका छन् ।
त्यस क्रममा राजनीतिक दलहरूलाई किनारीकृत गरेर अन्तरिम सरकार अघि बढ्न खोजेको आशंका बढेको भन्दै एमाले नेताहरूले राष्ट्रपति पौडेलको ध्यानाकर्षण गराए ।
अध्यक्ष केपी शर्मा ओलीपछि पार्टीमा निर्णायक र माथिल्लो पोजिसनमा रहेका तीन नेताहरू वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल शीतल निवास पुगेका थिए ।
हाल गुण्डुस्थित निवासमै बसिरहेका अध्यक्ष केपी शर्मा ओलीले यसै साता पार्टीका शीर्ष नेताहरुलाई पालैपालो बोलाएर निवासमै छलफल गरेका थिए ।