चितवनमा पहिलोपटक खेलकुद तथा व्यापारिक महोत्सव हुने भएको छ । चितवन जिल्ला खेलकुद विकास समितिले महोत्सवको माध्यमबाट चितवनको खेल क्षेत्रको विकाससँगै धारासायी अवस्थामा पुगेको अर्थतन्त्रलाई टेवा पुग्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागेको हो ।महोत्सव चितवनको नारायणी किनारमा कात्तिक १८ देखि मंसिर २ गतेसम्म सञ्चालन हुन आयोजकले शनिबार (आज) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । पन्ध्र दिनसम्म सञ्चालन हुने महोत्सवले प्रतिभावन खेलाडिहरुलाई राष्ट्रिय स्तरमा चिनाउनका लागि महत्वपूर्ण भुमिका खेल्ने चितवन जिला खेलकुद विकास समितिका अध्यक्ष तथा कार्यक्रम संयोजक राजन कार्कीले जानकारी दिनुभयो ।
मंसिर २ गतेसम्म सञ्चालन हुने महोत्सवमा भलिबल, कराँते, तेक्वान्दो, कबड्डी, ब्याडमिन्टन, सेपाताक्रो, एथलेटिक्स, बृद्धिचाल, लगायतका खेलहरु सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो । राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीलाई सम्मान एवम् प्रोत्साहन समेत गरिने बताइएको छ । महोत्सवमा दुवई सिटी, बुर्ज खलिफा, वुर्ज अल अरब, गोल्डेन गेट, म्युजियम अफ द क्रयचर र पेरिसको आइफिल टावरको प्रतिभालाई आकर्षक बिजुली बत्तीद्धारा सजावट गरी रहनेछ उहाँले बताउनुभयो ।
महोत्सवमा हरेक दिन राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारहरुको सहभागिता रहने रहने बताइएको छ । व्यवसायीलाई आफ्नो व्यवसाय प्रवद्र्धनका लागि ४० वटा पगोडा स्टलहरु समेत सञ्चालन गरिने उहाँले बताउनुभयो । हरेक साँझ साढे ६ बजेपछि फुड फेष्टिबल र विशेष सांस्कृतिक कार्यक्रम समेत हुनेछ । बाल उद्यानका सामाग्री र मुभिङ टे«न समेत समावेश गरिने कार्यक्रममा ३ लाखभन्दा बढी दर्शकको सहभागिता अपेक्षा आयोजकको छ । महोत्सव प्रवेशका लागि सर्वसाधारणका लागि प्रतिव्यक्ति एक सय रुपैयाँ, विद्यार्थीका लागि ७० र अपाङ्गता र जेष्ठ नागरिकलाई निशुल्क टिकटको व्यवस्था गरिएको छ ।



