एसिया कपको फाइनल आज : उपाधिका लागि पहिलो पटक भारत-पाकिस्तान भिड्दै

images
  • 205
    SHARES
  • आश्विन १२, २०८२ आइतबार
    एसिया कपको फाइनल आज : उपाधिका लागि पहिलो पटक भारत-पाकिस्तान भिड्दै
    images

     एसिया कप २०२५ को फाइनल खेलमा भारत र पाकिस्तान प्रतिस्पर्धा गर्दैछन्। युएईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा नेपाली समयअनुसार भारत र पाकिस्तानले उपाधिका लागि आज बेलुका ८:१५ बजे प्रतिस्पर्धा गर्न लागेका हुन्।

    ४० वर्षको एसिया कपको इतिहासमा पहिलो पटक भारत र पाकिस्तानले उपाधिको लागि भेट्दैछन्। यही संस्करणमा भारत र पाकिस्तानले लिग चरण र शीर्ष चारमा भेट गरिसकेका छन्। दुवै पटक भारतले पाकिस्तानलाई हराएको छ। तेस्रो पटक भारतविरुद्ध पाकिस्तानले जित निकाल्न सक्ला कि नसक्ला यो भने आजको खेलले देखाउनेछ। समूह चरणको खेलमा भारतले पाकिस्तानलाई ७ विकेटले हराएको थियो। सुपरफोरको खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले पराजित गर्‍यो।

     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend