तुइन खोलामा फेरि खस्यो पहिरो, नारायणघाट–मुग्लिन सडक खण्ड अवरुद्ध

images
  • 233
    SHARES
  • आश्विन १३, २०८२ सोमबार
    तुइन खोलामा फेरि खस्यो पहिरो, नारायणघाट–मुग्लिन सडक खण्ड अवरुद्ध
    images

    नारायणघाट–मुग्लिन सडक खण्ड फेरि अवरुद्ध बनेको छ । आज (सोमबार) इच्छाकामना–५ तुइन खेलामा फेरि पहिरो खसेपछि फेरि दुईतर्फी बाटो अवरुद्ध भएको हो । निरन्तर ढुंगा झरेको कारण उपकरण संचालन गरि पहिरो हटाउनमा समस्या भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । हाल पहिरो झर्ने क्रम जारी भएकोले पहिरो झर्न रोकिएपछि मात्र डिभिजनबाट तैनाथ अवस्थामा रहेको उपकरणको माध्यमबाट पहिरो हटाउने कार्य सुचारू हुने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend