आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जापानविरुद्ध पावरप्लेमा १ विकेटको क्षतिमा ४५ रन बनाएको छ।
ओमानको अल अमिरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३१ रन बनाएको थियो।
जापानले दिएको १३२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले पावरप्लेमा ४५ रन बनाउँदै लक्ष्य पछ्याइ रहेको छ।
नेपालले ४.५ ओभरमा ओपनर ब्याटर कुशल भुर्तेलको विकेट गयो। उनले २१ बलमा३ चौकासहित २१ रन बनाएर ब्याच भए।
नेपालका लागि हाल क्रिजमा ओपनर आसिफ शेख २१ र कप्तान रोहित पौडेल १ रनमा अविजित रहेर खेलिरहेका छन्।
जापानका लागि शोमा सल्तारले कुशल भुर्तेलको विकेट लिए।
समूह 'बी'को अन्तिम खेलको रूपमा रहेको यो खेलमा नेपाल र जापान दुवै टोली सुपर सिक्समा प्रवेश गरिसकेका छन्। आजको खेलको विजेताले २ अंकसहित सुपर सिक्समा जानेछन्।
समूह 'बी'मा रहेको कुवेत भने नेपाल र जापान दुवैसँग पराजित हुँदै समूह चरणबाट बाहिरिएको छ।



