मकवानपुरमा २७ वर्षीया महिला बलात्कृत

images
  • 57
    SHARES
  • आषाढ ६, २०७९ सोमबार
    मकवानपुरमा २७ वर्षीया महिला बलात्कृत
    images

    मकवानपुर 

     मकवानपुरमा २७ वर्षीया महिला बलात्कृत भएकी छन् । महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मनहरी गाउँपालिका–६ नयाँबस्ती बस्ने २६ वर्षीय कान्छामान रुम्बालाई आइतबार साँझ पक्राउ गरेको छ । 

    Rape_20210210082002.jpg

     

    ती महिलालाई ब्रम्हदेबी सामुदायिक जंगलको कुलोमा लगि रुम्बाले बलात्कार गरेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी सुनाचुरीबाट खटिएको प्रहरीले रुम्बालाई नियन्त्रणमा लिएको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

    घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend