पौडेल : देशलाई सफल बनाउने अभियानमा लागेको छु

images
  • 63
    SHARES
  • आषाढ ६, २०७९ सोमबार
    पौडेल  : देशलाई सफल बनाउने अभियानमा लागेको छु
    images

    तनहुँ 

    नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेलले देशलाई सफल बनाउने अभियानमा आफू लागिपरेको बताउनुभएको छ । 

    uytq.jpg

    जिल्लाका सञ्चारकर्मीसँग आज सोमवार निवासमै कुराकानी गर्दै पौडेलले देशलाई सफल र समृद्ध बनाउने एकमात्र लक्ष्य रहेको उल्लेख गर्नुभयो । 

    देशलाई असफल बनाउने षड्यन्त्र भइरहेको बताउँदै पौडेलले भन्नुभयो, ‘देशलाई असफल बनाएर अस्थिरतातर्फ लैजाने प्रयासलाई परास्त गर्नेतर्फ हामी सबै लाग्नुपर्छ, म त्यही अभियानमा निरन्तर लागिरहेको छु ।’ 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend