ऊर्जामन्त्री घिसिङ र भारतीय समकक्षीबीच भेट, के भयो कुराकानी ?

images
  • 252
    SHARES
  • कार्तिक १३, २०८२ बुधबार
    ऊर्जामन्त्री घिसिङ र भारतीय समकक्षीबीच भेट, के भयो कुराकानी ?
    images

    १२ कात्तिक, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ र भारतका विद्युत्मन्त्री मनोहरलाल खट्ठरबीच भेटवार्ता भएको छ ।

    अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौं महासभामा भाग लिन नयाँदिल्लीमा रहेका मन्त्री घिसिङ र भारतका समकक्षी खट्ठरबीच बुधबार भेटवार्ता भएको हो ।


    विद्युत् मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–भारतबीच ऊर्जासम्बन्धी सहकार्य, विद्युत् व्यापार, प्रसारण लाइन विस्तार, भारतीय लगानीमा निर्माणाधीन जलविद्युत् आयोजनाको प्रगति, दुवै देशबीच दीर्घकालीन ऊर्जा क्षेत्रमा साझेदारी लगायत विषयमा विस्तृत छलफल भएको थियो । भेटमा भारतका लागि नेपालका राजदूत शंकरप्रसाद शर्मा, भारतका विद्युत् सचिव पंकज अग्रवाल, विदेश मन्त्रालयका अतिरिक्त सचिव, ऊर्जा मन्त्रालयका सहसचिव सागरराज गौतम लगायत उपस्थित थिए ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend