काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) छाडेर नयाँ दल घोषणा गरेका रेशम चौधरीसहितका नेताहरू निर्वाचन आयोग पुगेका छन् ।
नागरिक उन्मुक्ति पार्टी, नेपाल नामक पार्टी घोषणा गरेका चौधरी बिहीबार दल दर्ताको प्रयोजनका लागि निर्वाचन आयोग पुगेका हुन् । उनीसहित अन्य नेताहरू एउटै पोशाकमा निर्वाचन आयोग पुगेका हुन् । उनीहरूले अहिले दल दर्ताको आवश्यक कागजात आयोगसमक्ष पेश गर्न लागेका हुन् ।



