हवाई भाडा बढ्यो, धनगढीको अधिकतम भाडा १६ हजार ८ सय रुपैयाँ

images
  • 79
    SHARES
  • आषाढ ६, २०७९ सोमबार
    हवाई भाडा बढ्यो, धनगढीको अधिकतम भाडा १६ हजार ८ सय रुपैयाँ
    images

    काठमाण्डाै 

    नेपाल आयल निगमले इन्धनको भाउ बढाएसँगै आन्तरिक उडानको भाडा पनि बढेको छ । 

    tia_internal_flights_Yeg2qj94ak.jpg

    वायु सेवा सञ्चालक सङ्घले पर्सि बुधवारदेखि लागू हुने गरी हवाई भाडा बढेको सूचना प्रकाशित गरेको छ । नयाँ भाडाअनुसार सबैभन्दा धेरै काठमाण्डौ–धनगढी रुटको भाडा आठ सय ४० रुपैयाँले बढेको छ । काठमाण्डौ–धनगढी रुटमा हवाई सेवा प्रदायकले अधिकतम १६ हजार आठ सय पाँच रुपैयाँसम्म लिन पाउनेछन् । 

    यस्तै सबैभन्दा कम काठमाण्डौ–सिमराको भाडा एक सय ७० रुपैयाँले बढेर अधिकतम चार हजार एक सय ९५ रुपैयाँ पुगेको छ । 

    आयल निगमले गए रातिदेखि लागू हुने गरी आन्तरिक हवाई इन्धनको भाउ प्रतिलिटर १९ रुपैयाँले बढाएको छ । यस्तै विमानस्थल शुल्क पनि अन्तर्राष्ट्रिय विमानस्थलमा पाँच सय तथा अन्यमा चार सय र तीन सय रुपैयाँले बढेको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend