हङकङको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४ जनाको मृत्यु

images
  • 105
    SHARES
  • मंसिर १२, २०८२ बिहीबार
    हङकङको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४ जनाको मृत्यु
    images

    ११ मंसिर, काठमाडौं । हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४ जनाको मृत्यु भएको छ ।  २७९ जनाको अवस्था अज्ञात छ ।

    स्थानीय समयअनुसार बुधवार २ बजेर ५१ मिनेट जाँदा वाङ फुक कोर्टमा आगलागी भएको थियो ।बीबीसीका अनुसार आगलागीमा परी ४४ जनाको मृत्यु भएको छ भने ४५ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।

    हङकङको अग्निशमन सेवा विभागले आगलागीलाई ‘लेभल–फाइभ अलार्म’ घोषणा गरेको छ ।सबैभन्दा गम्भीर श्रेणी मानिने ‘लेवल–फाइभ’ आगलागी हङकङमा १७ वर्षपछि भएको बताइएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend