हवाई भाडा वृद्धि, अब धनगढी पुग्न १६ हजार ८०५ रुपैयाँ लाग्ने

images
  • 91
    SHARES
  • आषाढ ६, २०७९ सोमबार
    हवाई भाडा वृद्धि, अब धनगढी पुग्न १६ हजार ८०५ रुपैयाँ लाग्ने
    images

    काठमाडौं 

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै वायुसेवा कम्पनीहरुले हवाई भाडा पनि वृद्धि गरेका छन् ।

    ppppaaaa.jpg

     

    नेपाल वायु सेवा सञ्चालक संघले सोमबार एक सूचना जारी गर्दै हवाई भाडा वृद्धि गरेको जनाएको हो । संघले जारी गरेको सूचनाअनुसार सबैभन्दा धेरै भाडा काठमाडौं–धनगढी रुटमा बढेको छ । काठमाडौं–धनगढीको भाडा ८४० रुपैयाँले बढेर कूल भाडा १६ हजार ८ सय ५ रुपैयाँ पुगेको छ ।

    yyyyyyy.jpg

    यस्तै, काठमाडौं–माउन्टेनतर्फ ६५५ रुपैयाँ बढेर भाडादर १४ हजार ७ सय २० पुगेको छ । सबैभन्दा कम सिमराका लागि १७० रुपैयाँ भाडा बढेर ४ हजार १ सय ९५ रुपैयाँ रहेको छ । काठमाडौं–भरतपुर पुग्न अब ४ हजार ९३५ रुपैयाँ लाग्ने छ भने भाडादर २ सय रुपैयाँले बढेको।

     

    यसैगरी काठमाडौंदेखि अन्य रुटको पनि भाडादर बढेको छ । वृद्धि भएको भाडा बुधबारबाट लागु हुने संघले सूचनामा भनेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend