गण्डकीको हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

images
  • 143
    SHARES
  • मंसिर २१, २०८२ शनिबार
    गण्डकीको हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना
    images

    २० मंसिर, काठमाडौँ । गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । 

    आज राति गण्डकी प्रदेशको हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

    यस्तै सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भू–भागमा पनि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ ।

    आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend