बलात्कारकाे आराेपमा पक्राउ गरेका मनाेज पाण्डे पुर्पक्षका लागि कारागार चलान

images
  • 87
    SHARES
  • आषाढ ६, २०७९ सोमबार
    बलात्कारकाे आराेपमा पक्राउ गरेका मनाेज पाण्डे पुर्पक्षका लागि कारागार चलान
    images

    काठमाण्डाै

    आठ वर्षअघि किशाेरीलाई बलात्कार गरेकाे आराेपमा पक्राउ परेका मनाेज पाण्डे भनिने मनाेजकुमार जैशी पुर्पक्षका लागि कारागार चलान भएका छन् । 

    wwwwwrrrrrr.jpg

    पाण्डे आज साेमवार डिल्लीबजार कारागार चलान भएका जिल्ला प्रहरी परिसर काठमाण्डाैले जनाएकाे छ । आज जिल्ला अदालत काठमाण्डाैका न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले पाण्डेलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।

    सन् २०१४ मा भएकाे मिस ग्लाेबल इन्टरनेशनल प्रतियाेगितमा सहभागी एक किशाेरीले सौन्दर्य प्रतियोगिताका नाममा आफूलाई आठ वर्षअघि पटक-पटक बलात्कार गरेको भन्दै सामाजिक सञ्जालमा भनेकी थिइन् । त्यसपछि अर्की एक बालिकाले आफूलाई पनि मनाेज पाण्डेले याैन शाेषण गरेकाे घटना सार्वजनिक गरेपछि प्रहरीले मनोज पाण्डेलाई गएकाे जेठ ७ गते पक्राउ गरेको हो ।

    त्यसपछि काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयले पाण्डेविरुद्ध अनुसन्धान प्रक्रिया अगाडि बढाएको हाे । मानव बेचबिखन तथा ओसारपसार र बालयौन दुरुपयोगको कसुरमा पाण्डेलाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको थियो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend