देवघाट तनहुँ:असार ६ गते
सुष्मा गुरुङ
तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ को कार्यालयमा देवघाट गाउँपालिकाको ५ वटा वडामै जनसमुदाय संग राम्रो समन्वय भुमिका निर्भागरी सेवा प्रदान गरी राष्ट्रिय परिचयपत्र दर्ता अभियान सफल बनाउन राष्ट्रिय परिचयपत्र पञ्चिकरण विभाग काठमाडौं बाट आएका प्रदीप पौडेल,सुरज गाहा मगर,सुजन बस्नेत,प्रविन्द्रराज शर्मालाई आज एक कार्यक्रमको आयोजना गरि वडा ५ का वडा अध्यक्ष पुर्ण बहादुर कुँवरद्वारा सम्मान सहित बिदाइ गर्नुभएको थियो।

साथै देवघाट गाउँपालिकाको ५ वटा वडामा गरी ४ हजार ७ जनाले राष्ट्रिय परिचयपत्र बनाएको ५ का वडा अध्यक्ष पुर्ण बहादुर कुँवरले बिहानी मिडियालाई जानकारी दिनुभयो।साथै वडा अध्यक्ष कुँवारले राष्ट्रिय परिचयपत्र दर्ता अभियानमा साथ र सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद समेत दिनुभयो।

साथै सो कार्यक्रम देवघाट ५ नम्बर वडा सदस्य याम बहादुर मगर,चक्रवर्ती आधारभूत विद्यालयका प्रधानध्यापक गिता राजभात,जनता आधारभूत विद्यालयका शिक्षक भिमप्रसाद सापकोटा,बज्रयोगीनी मा.वि.का शिक्षक अशोक थापा लगाएको उपस्थिति रहेको थियो।




