सुनको भाउ आज तोलामा ७०० रुपैयाँले बढ्यो

images
  • 87
    SHARES
  • मंसिर २३, २०८२ सोमबार
    सुनको भाउ आज तोलामा ७०० रुपैयाँले बढ्यो
    images

    काठमाण्डौ – सुनको भाउ आज तोलामा सात सय रुपैयाँले बढेको छ ।

    आज सुन तोलामा सात सय रुपैयाँले बढेर तोलाको दुई लाख ५२ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ५२ हजार दुई सय रुपैयाँ थियो ।

    यस्तै आज चाँदीको भाउ भने २० रुपैयाँले घटेको छ । आज चाँदी २० रुपैयाँले घटेर तोलाको तीन हजार पाँच सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार ६ सय पाँच रुपैयाँ थियो ।
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend