राजधानीको एक गेस्ट हाउसबाट युवती लुटिइन्

images
  • 80
    SHARES
  • आषाढ ७, २०७९ मंगलबार
    राजधानीको एक गेस्ट हाउसबाट युवती लुटिइन्
    images

    काठमाडौं 

    राजधानीको एक गेस्ट हाउसबाट युवती लुटिएकी छन् । काभ्रेको तेमाल गाउँपालिका–९ घर भएका बिवश तामाङले २४ वर्षीय युवतीलाई बलात्कारपछि उनको साथमा भएको सरसामान लुटपाट गरेको प्रहरीले जनाएको छ । 

    gang-rape_20210131160124.jpg

     

    आरोपीलाई प्रहरी वृत्त कालिमाटीको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।  पेय पदार्थमा लठ्ठिने पदार्थ मिसाएर खुवाएर बलात्कार गरेपछि आरोपीले १ लाख नगद र २ तोला सुन लुटेर भागेको प्रहरीको भनाइ छ । 

    आरोपीलाई बलात्कार र चोरी मुद्दामा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend