पाल्पा,मंसिर २७-
पाल्पाको निस्दी गाउँपालिका–४, मित्यालमा शुक्रबार भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ । दुर्घटनामा घाइते नवलपुर मध्यविन्दु नगरपालिका–१३ का ३४ वर्षीय सुन्दर विकको उपचारक्रममा चितवनको पुरानो मेडिकल कलेजमा मृत्यु भएपछि मृतकको संख्या ४ पुगेको हो ।यसअघि दुर्घटनामा निस्दी गाउँपालिका–४, मित्याल ठोक्सिङबासकी ४५ वर्षीया ओम कुमारी खाम्चा र निस्दी गाउँपालिका–७, ज्यामिरे हुवासकी ३६ वर्षीया हेम कुमारी सारु, नवलपुर मध्यविन्दु नगरपालिका–१३ की ३१ वर्षीय बुद्धिमाया विकको मृत्यु भएको प्रहरीले जनाएको थियो ।रामपुर–मित्याल–अरुणखोला सडक खण्ड अन्तर्गत निस्दी गाउँपालिका–४, मित्याल च्युरीबास नजिकै एकलफोक्सिङ्गमा लु १ ज ३९०८ नम्बरको जिप दुर्घटना हुँदा मृत्यु भएका सुन्दर र बुद्धिमाया पतिपत्नी हुन् । दुर्घटनामा घाइते आठमध्ये १० वर्षीय लविस सुनार र ५ वर्षकी प्रिन्सा सुनार पनि सुन्दर र बुद्धिमायाका छोराछोरी हुन् ।निस्दी गाउँपालिका–४, मित्याल लामेदमारका ७३ वर्षीय नरबहादुर सुनारी ७२ वर्षीय भूमीसरा सुनारी, मित्यालीकै २८ वर्षीय सुनारीको उपचार भइरहेको छ । मिनाकुमारीको पूरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ । मध्यबिन्दु प्रादेशिक अस्पताल नवलपरासीमा नरबहादुर र भुमिसराको उपचार भइरहेको छ ।



