२७ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधिका लागि फाइनल खेलमा प्रतिष्पर्धा गर्न लागेका दुवै टिमलाई शुभकामना दिएकी छन् ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शनिबार उपाधिका लागि प्रतिष्पर्धा गरिरहेका लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सलाई उनले सोसल मिडिया प्लेटफर्म एक्समार्फत् शुभकामना दिएकी हुन् ।
लुम्बिनी लायन्स नेपालको राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको कप्तानीमा रहेको छ भने सुदूरपश्चिमको नेतृत्व गरिरहेका दिपेन्द्रसिंह ऐरी राष्ट्रिय टोलीका उपकप्तान हुन् ।
सुदूरपश्चिम रोयल्स लगातार दोस्रोपटक फाइनल पुगेको हो भने लुम्बिनी लायन्स पहिलोपटक प्लेअफ पुगेर फाइनलसम्मकै यात्रा तय गरेको छ ।
पहिलो संस्करणमा फाइनल पुगे पनि सुदूरपश्चिम जनकपुर बोल्ट्ससँग पराजित हुँदै उपविजेता बनेको थियो । जनकपुर भने यसपटक लिग चरणबाटै बाहिरिसकेको छ ।



