बुटवल, मंसिर २७-
नेकपा एमाले रुपन्देहीका सचिव एवं सैनामैना नगरपालिकाका पूर्व नगर प्रमुख चित्रबहादुर कार्की राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्ने भएका छन् ।कार्की एमाले उपाध्यक्ष विष्णु पौडेलका पूर्व स्वकीय सचिव रहेर लामो समय पार्टीमा काम गरेका लोकप्रिय नेता हुन् । भदौ २३ र २४ को जेन जी आन्दोलनमा सरकारले अनावश्यक दमन गरेर युवा विद्यार्थीको हत्या गरेकोमा असन्तुष्टी र विरोध जनाउँदै कार्कीले उतिबेलै एमाले परित्यागको घोषणा गरेका थिए । त्यस यता उनी एमाले पार्टी काममा फर्कएका थिएनन् ।



