अलाभेसमाथि रियल मड्रिडको जित

images
  • 116
    SHARES
  • मंसिर ३०, २०८२ सोमबार
    अलाभेसमाथि रियल मड्रिडको जित
    images

    २९ मंसिर, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले डेपोर्टिभो अलाभेसलाई पराजित गरेको छ । अलाभेसको मैदानमा भएको खेलमा रियल २-१ ले विजयी भएको हो ।

    रियलको जितमा किलियन एमबाप्पे र रोड्रिगोले १-१ गोल गरे । अलाभेसका कार्लोस भिसेन्टेले १ गोल गरे ।खेलको २४औं मिनेटमा एमबाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ६८औं मिनेटमा भिसेन्टेले गोल गर्दै खेल बराबरीमा ल्याए ।

    ७६औं मिनेटमा रोड्रिगोले गोल गरेपछि रियल २-१ ले विजयी भयो ।जितपछि रियलले शीर्षस्थानको बार्सिलोनासँगको अंकदूरी ४ मा झारेको छ । रियलको १७ खेलमा ३९ अंक छ । बार्सिलोना ४३ अंकका साथ शीर्षमा छ ।

    पराजित अलाभेसको १८ अंकसहित १२औं स्थानमा छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend