काठमाडौँ, मंसिर २९-
एमाले नेता योगेश भट्टराईले यस्तो अवस्थामा पुरानै नेतृत्वले पार्टीलाई सम्हाल्न नसक्ने बताएका छन् । जेन–जी विद्रोहपछि मुलुकमा ठूलो राजनीतिक परिवर्तन आएको उल्लेख गर्दै उनले पुरानै नेतृत्वले पार्टीलाई सम्हाल्न नसक्ने बताएका हुन् ।सोमबार पार्टीको महाधिवेशनस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता भट्टराईले अहिलेको अवस्थामा एमाले जनतातिर नभई नेतातिर फर्किएको उल्लेख गर्दै जनतातिर फर्काउनुपर्ने आवश्यकता रहेको पनि बताए ।
भदौ २३ र २४ को विद्रोहपछि मुलुकमा ठूलो राजनीतिक परिवर्तन आएको छ । यस्तो अवस्थामा पार्टीको पुरानै नेतृत्वले फेरि सम्हाल्नसक्ने अवस्था छैन । नेतृत्वप्रति धेरै प्रश्नहरू उठेका छन् । त्यसकारण नेतृत्व हस्तान्तरण गर्दै नयाँ टिमका साथ नेकपा एमाालेलाई अगाडि बढाउनुपर्छ भन्ने नै मुख्य कुरा हो । त्यसैका लागि मैले उम्मेदवारी दिएको हुँ ।



