नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक विजयी

images
  • 39
    SHARES
  • पौष ३, २०८२ बिहीबार
    नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक विजयी
    images

    काठमाण्डाै – नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी हुनुभएको छ । ओलीले १ हजार ६६३ मत र अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गर्नुभएको छ ।

    केपी शर्मा ओली तेस्रो कार्यकालका लागि एमाले अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँ काठमाण्डाैमा २०७१ सालमा सम्पन्न नवौं महाधिवेशनमा माधव नेपाललाई ४४ मतले पराजित गर्दै पहिलो पटक अध्यक्षमा निर्वाचित हुनुभएको थियो । त्यसपछि २०७८ सालमा चितवनमा भएकाे सौरहा महाधिवेशनबाट उहाँ दोस्रो पटक अध्यक्ष चुनिनुभयो । २०६५ सालमा काठमाण्डाैमा आयोजित आठौं महाधिवेशनमा भने ओली झलनाथ खनालसँग पराजित हुनुभएको थियो ।

    पूर्वमहासचिवसमेत रहनुभएका ईश्वर पोखरेलले भने अध्यक्ष पदका लागि पहिलो पटक प्रतिस्पर्धा गर्नुभएको हो ।

    यस्तै एमाले महासचिवमा शङ्कर पोखरेल निर्वाचित हुनुभएको छ । उहाँ यसअघि पनि महासचिव हुनुहुन्थ्यो । पोखरेलले १ ह

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend