नबिल बैंकबाट आज बिदा हुँदै अनिल शाह

images
  • 89
    SHARES
  • आषाढ ७, २०७९ मंगलबार
    नबिल बैंकबाट आज बिदा हुँदै अनिल शाह
    images

    काठमाडौं ।

    नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेशरी शाहको कार्यकाल सकिएपछि आजदेखी बैंकबाट बिदा हुने भएका छन् । नबिल बैंकमा कार्यकाल सकिएपछि सीईओ शाह बैंकबाट बाहिरिने भएका हुन् ।

    NABIL-BANK_20220314141356.jpg

     

    नबिल बैंकमा ४ बर्षे कार्यकाल सकेर सीईओ शाह सोमबारदेखि बिदा हुन लागेका हुन् । सीईओ शाहसँग बैंकिङ्ग क्षेत्रमा साढे ३ दशक काम गरेको अनुभव रहेको छ । उनले सन् १९९१ मा ग्रिनलेज (हाल स्ट्याण्डर्ड चार्टर्ड) बैंकबाट बैंकिङ्ग यात्रा शुरु गरेका हुन् । उनले हालसम्म ३ वटा बैंकमा काम गर्ने अवसर प्राप्त गरेका छन् ।नबिल बैंकमा पहिलो कार्यकाल सीईओ बनेका उनी त्यसपछि मेगा बैंकको सीईओ बनेका थिए । मेगा बैंकबाट पुनः दोस्रो पटक नबिल बैंकमा सीईओ बने । नबिल बैंकमा सीईओ बनेको शाह नबिल बैंकबाट नै बैंकिङ्ग यात्रा बन्द भएको हो । शाहले नबिलमा ९ वर्ष र मेगा बैंकमा ८ वर्ष सीईओको रुपमा काम गरेका हुन् ।

     

    यो अवधिमा उनी नेपाल बैंकर्स संघका अध्यक्षसमेत भएका थिए । नबिलबाट बाहिरिएपछि केही नयाँ क्षेत्रमा काम गर्ने सोच रहेको शाहले बताउँदै आएका छन् ।

    कामु सीईओ बन्दै सुजित शाक्य

    सीईओ शाह बैंकबाट बाहिरिएपछि बैंकको कायमुकायम (कामु) सीईओको जिम्मेवारी सुजित शाक्यले पाएका छन् । बैंक सञ्चालक समितिले नबिल बैंकको कामु सीईओको जिम्मेवारी डेपुटी सीईओ रहेका सुजित शाक्य दिईएको हो । यसअघि ग्लोबल आइएमई बैंकमा डेपुटी सीईओ रहेका उनी नबिल बैंकमा आएका थिए ।

     

    कामु सीईओ शाक्यले नेपालमा ३ वटा ठूला वाणिज्य बैंक मर्ज गराउन ठूलो भूमिका निर्वाह गरेका छन् । सुजित शाक्यले तत्कालीन बैंक अफ एसिया र एनआईसी बैंक मर्ज गराउन व्याकबोनको रुपमा काम गरेका थिए ।

    त्यसपछि उनले जनता बैंकलाई ग्लोबल आइएमई बैंकमा मर्जर गराउनमा पनि उनले ठूलै मेहनत गरेका थिए । मर्जरपछि ग्लोबल बैंकको डेपुटी सीईओ छाडेर नबिल बैंकको डेपुटी सीईओमा जोडिएका शाक्यले एनबी बैंकलाई नबिल बैंकमा मर्ज गराउन पनि ठूलो भूमिका निर्वाह गरिरहेका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend