हुम्लाको जंगल क्षेत्रमा मरे ३५ भेँडा

images
  • 36
    SHARES
  • पौष ४, २०८२ शुक्रबार
    हुम्लाको जंगल क्षेत्रमा मरे ३५ भेँडा
    images

    हुम्ला । हुम्लाको ताजाँकोट गाउँपालिका–१ काडाँगाउँको लामासैना लेकमा चराउन लगिएका ३५ भेँडा मरेका छन् ।

    लामासैना जंगल क्षेत्रमा भेँडाहरु मरेका ताजाँकोट गाउँपालिका–१ बिरबल खड्काले जानकारी दिए । उनका अनुसार ताजाँकोट–१ कै सीपी रिठालका भेँडा पनि मरेका छन् ।


    भेँडा मर्नुको कारण खुलेको छैन । तर विषालु खानेकुरा खाएर मरेको स्थानीयको अनुमान छ । भेँडा मर्दा लाखौंको क्षति भएको रिठालले बताए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend