काठमाण्डाैमा मिटरब्याज, लघुवित्त पीडितकाे प्रदर्शन

images
  • 46
    SHARES
  • पौष ७, २०८२ सोमबार
    काठमाण्डाैमा मिटरब्याज, लघुवित्त पीडितकाे प्रदर्शन
    images

    काठमाण्डाै – मिटरब्याज, लघुवित्त तथा वित्तीय संस्था पीडितहरूले आज काठमाण्डौमा प्रदर्शन गरेका छन् । बल्खुदेखि शुरू भएको मार्च पास त्रिपुरेश्वर–शहीद गेट– शान्तबाटिका पुगेर कोणसभामा परिणत भएको थियो ।

    भूमि अधिकार आन्दोलन, लघुवित्त तथा वित्तीय शोषणविरुद्धको सङ्घर्ष समिति, मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपालको संयुक्त आयोजनामा भएको मार्चपासमा विभिन्न जिल्लाबाट एक हजार पाँच सयभन्दा धेरै मानिस आएका मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपालको सचिवालय सदस्य विकास कामीले जानकारी दिनुभयो ।

    उनीहरूले लघुवित्त संस्था खारेज गर्नुपर्ने, मिटरब्याजीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने, सबै नागरिकलाई भूमि उपलब्ध गराउनुपर्ने लगायतका माग राखेका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend