एआईका कारण सन् २०२५ मा ५५ हजारभन्दा धेरैको रोजगारी गुम्यो, सबैभन्दा ठूलो प्रभाव अमेरिकामा

images
  • 67
    SHARES
  • पौष ७, २०८२ सोमबार
    एआईका कारण सन् २०२५ मा ५५ हजारभन्दा धेरैको रोजगारी गुम्यो, सबैभन्दा ठूलो प्रभाव अमेरिकामा
    images

    सन् २०२५ मा कृत्रिम बुद्धिमत्ता अर्थात् 'आर्टिफिसियल इन्टेलिजेन्स' (एआई) को प्रभावले गर्दा झन्डै ५५ हजार मानिसले रोजगारी गुमाएका छन् । अमेजन, माइक्रोसफ्ट र सेल्सफोर्सजस्ता ठूला कम्पनीहरूले हजारौं कर्मचारी कटौती गर्दा एआईलाई मुख्य कारण बताएका विश्वको प्रसिद्ध वित्तीय च्यानल सीएनबीसीले जनाएको छ ।

    यस वर्ष अमेरिकामा मात्रै ११ लाख ७० हजार रोजगारी कटौती भएको छ । याे सङ्ख्या सन् २०२० को कोभिड–१९ महामारीपछिको सबैभन्दा धेरै हो ।

    अमेजनले यस वर्ष आफ्नो इतिहासकै सबैभन्दा ठूलो कर्मचारी कटौती गर्दै १४ हजार कर्पोरेट पद हटाएको छ । अमेजनका प्रमुख कार्यकारी एन्डी जेसीले यसअघि नै एआईले कम्पनीको कार्यबल घटाउने बताइसक्नुभएको छ ।

    यस्तै माइक्रोसफ्टले यस वर्ष झन्डै १५ हजार कर्मचारी कटौती गरेको छ । भारतको आईटी सेवा क्षेत्रमा टाटा कन्सल्टेन्सी सर्भिसेजले झन्डै २० हजार रोजगारी कटौती गरेको छ ।

    सेल्सफोर्सले सेप्टेम्बरमा ४ हजार ग्राहक सेवा कर्मचारी हटाउँदै एआईले ५० प्रतिशत काम गर्न सक्ने दाबी गरेको छ । मानव संशाधन प्लेटफर्म वर्कडेले १ हजार ७ सय ५० कर्मचारी हटाउँदा एआईमा लगानी बढाउन यो कदम आवश्यक रहेको बताएको छ ।

    म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीले नोभेम्बरमा गरेको अध्ययन अनुसार एआई अमेरिकी श्रम बजारको ११ दशमलव ७ प्रतिशत काम गर्न सक्षम भइसकेको छ । यद्यपि कर्मचारी कटौतीका वास्तविक कारण र एआईको भूमिकाबारे विवाद रहेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend