‘प्रचण्ड’ र सञ्चार मन्त्री खरेलबीच भेटवार्ता

images
  • 79
    SHARES
  • पौष ११, २०८२ शुक्रबार
    ‘प्रचण्ड’ र सञ्चार मन्त्री खरेलबीच भेटवार्ता
    images

    काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न उनको निवास हात्तीबन पुगेका छन् ।

    आज नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटिसकेर खरेल प्रचण्ड भेट्न पुगेका हुन् ।


    भेटमा खरेलले फागुन २१ को निर्वाचन केन्द्रित छलफल भएको जानकारी दिए ।


    त्यस्तै खरेलले भोलि शनिबार बालुवाटारमा तीन दलका शीर्ष नेतासँग प्रधानमन्त्रीले गर्ने भनिएको छलफलको निम्तो दिन पनि शीर्ष नेताको निवासमा पुगेका हुन् ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend