देवघाटमा पुर्व सिकाइ मान्यता विधिको सिप परिक्षणबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

images
  • 112
    SHARES
  • माघ १६, २०८२ बिहीबार
    देवघाटमा पुर्व सिकाइ मान्यता विधिको सिप  परिक्षणबारे अभिमुखीकरण कार्यक्रम  सम्पन्न ।
    images

    देवघाट,

     गण्डकी प्रदेश सरकार सामाजिक विकास युवा तथा खेलजुद मन्त्रालय तथा देवघाट गाउँपालिका कार्यालयको संयुक्त आयोजनामा पुर्व सिकाइ मान्यता विधिको सीप परिक्षण बारे अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । एवं आर्थिक वर्ष २०८१/८२ मा मन्त्रालय र स्थानीय तह बीच लागत साझेदारीमा संचालन भएको पुर्व सिकाइ मान्यता विधिको सिप परिक्षण पेन्टर ,प्लम्बर ,मेशन मिस्त्री आदि कार्यमा उत्तीर्ण भएका २४ जना व्यक्तिहरुलाई सिपप्रमाणपत्र गाउँपालिका अध्यक्ष तिल बहादुर थापा ,उपाध्यक्ष भुवन सिंह गुरुङ तथा मन्त्रालयका शाखा अधिकृत विदुर हरि आचार्यले संयुक्तरुपमा सम्मान सहित वितरण गर्नु भएको थियो । कार्यक्रमको अध्यक्षता गाउँपालिका उपाध्यक्ष भुवन सिंह गुरुङ , प्रमुख आतिथ्यता गाउँपालिका अध्यक्ष तिल बहादुर थापाले उदघाटन गर्नु भएको थियो । साथै देवघाट गाउँपालिका भित्र शैक्षिक प्रमाणपत्र लिएर बसेका युवाहरको संख्या अधिकमात्रामा रहेको तथा सिपमुलक कार्यमा युवाहरुको रुचि कम भएको कारण बेरोजगारी बढेको बताउनु भयो संघ ,प्रदेश तथा स्थानीय सरकारको संयुक्त प्रयासमा रोजगार शाखा कार्यलय बाट फारमहरु वितरण गरी उम्मेदवारहरुलाइ छनोट गरी सिपमुलक कार्यमा प्रशिक्षण दिने व्यवस्था भएको र उनिहरुलाइ प्रमाणपत्र वितरण गरि स्वरोजगार र स्वावलम्बी बन्न प्रेरित गरेको जानकारी गराउनु भयो। साथै धेरैजसोलाइ वित्तीय संस्था आफनो निजी उद्योग खोल्न ऋण लिनु पर्दा त्यही सिपमुलक प्रमाणपत्र धितो राखे मात्र हुने र अन्य अचल सम्पत्ति धितो राख्नु न पर्ने जानकारी नहुद्दा बेरोजगार हुनु परेको जानकारी गराउनु भयो। उपाध्यक्ष भुवन सिह गुरुङले नेपालमा र स्थानीय स्तरमा सिपमुलक कार्य गर्न विशेष गरि भारतबाट कैयौं व्यक्तिहरु नेपालमा आयेर आफ्नो जिविका चलायेका र नेपालबाट आय आर्जन गरि नेपालको आर्थिक स्रोत भारततिर पुगेको र नेपालका युवाहरु बेरोजगार भएको र विदेश पलायन हुन बाध्य भएको उल्लेख गर्नु हुँदै नेपालमा सिपमुलक कार्यमा प्रशिक्षण लिएर युवाहरुले देश भित्र कार्य गर्नुपर्ने सल्लाह र सुझाव दिनु भयो । साथै उदघाटन कार्यक्रम लाई उपस्थित सबैमा धन्यवाद सहित कार्यक्रम समापन गर्नु भएको थियो । दोस्रो चरणको प्रशिक्षण कार्यक्रममा उपस्थित अन्य व्यक्तित्व्व हरुलाइ मन्त्रालयका शाखा अधिकृत विदुर हरि आचार्यले प्रशिक्षण दिनु भएको थियो । उदघाटन कार्यक्रमको सहजीकरण देवघाट गाउँपालिका शिक्षा शाखा प्रमुख होमनाथ लामिछानेले गर्नु भएको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend